Section 89
लिक्वीडेटरको नियुक्ति
: (१) दफा ८८ बमोजिम कुनै सहकारी संस्थाको दर्ता खारेज भएमा रजिष्ट्रार वा रजिष्ट्रारबाट अधिकार प्राप्त अधिकारीले लिक्वीडेटर नियुक्त गर्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि तोकिएको सीमासम्मको सम्पत्ति भएको सहकारी संस्थाको हकमा रजिष्ट्रारले रजिष्ट्रारबाट अधिकार प्राप्त अधिकारी वा कर्मचारीलाई लिक्वीडेटर नियुक्ति गर्न सक्नेछ ।